अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पका श्रीमतीबीच यस्तो आरोप प्रत्यारोप
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इवाना ट्रम्पले एक कार्यक्रममा आफू नै प्रथम महिला भएको बताएकी छिन् ।
अमेरिकाको एक टेलिभिजनमा अन्र्तवार्ता दिने क्रममा उनले भनिन् ‘म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ ।’ चेक गणराज्यकी पूर्वमोडल इवानाले ह्वाइट हाउससँग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलाई जलन होस् भन्ने आफूले नचाहेको बताइन् ।
इवाना र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो । उनीहरूबीचको सम्बन्ध सन् १९९०को दशकसम्म कायम थियो । यसबीच ट्रम्पको मार्ला मेपल्स नामकी एक महिलासँग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्ध विच्छेद गरेकी थिइन् । इवाना र डोनाल्डको तीन बच्चा छन् । डोनाल्ड जुनियर, इवान्का र एरिक ट्रम्प । ट्रम्पको बारेमा उनले भनिन् ‘डोनाल्ड फोनमैं व्यस्त हुन्थे, व्यापार गरिरहेका हुन्थे ।
उनी बच्चाहरूलाई माया गर्थे । तर तपाईं मलाई गलत नठान्नुहोला, उनले सबै कुरा पुर्याउँथे । ‘कसैलाई कुनै प्रकारको जलन वा अन्य केही होस् भन्ने मैले चाहेको छैन । वास्तवमा म नै ट्रम्पकी पहिलो पत्नी हुँ । म नै फस्र्ट लेडी हुँ।’ इवानाको उक्त टिप्पणीलाई लिएर ट्रम्पकी वर्तमान पत्नी मेलानियाले आफ्नी प्रवक्ता स्टेफनी ग्रिस्ममार्फत तीखो जवाफ दिएकी छिन् । ‘श्रीमती ट्रम्पले ह्वाइट हाउसमा बेरन (उनका छोरा) र राष्ट्रपतिका लागि घर बनाएकी छिन् । उनलाई वासिङटन डिसीमा बस्न मनपर्छ र उनी अमेरिकाकी प्रथम महिलाका रूपमा आफ्नो भूमिकालाई लिएर सम्मानित महसुस गर्छिन् ।
उनी आफ्नो यस भूमिका र उपाधिको प्रयोग बच्चाहरूको मद्दतका लागि उपयोग गर्न चाहन्छे, न कि किताब बेच्नका लागि ।’ इवाना र मेलानियाबीच भएको यो टीकाटिप्पणीलाई कुनै प्रथम महिला र राष्ट्रपतिकी पूर्वपत्नीबीच भएको पहिलो सार्वजनिक वादविवाद मानिएको छ। ट्रम्पअगाडी रोनाल्ड रेगन पूर्वपत्नीसँग पारपाचुके लिएका अमेरिकी राष्ट्रपति थिए ।