News मनोरञ्जन

फिल्म रिलिज मिति नजिकिदैं जाँदा रेखा थापाको दुर्घटना

फिल्म रिलिज मिति नजिकिदैं जाँदा रेखा थापाको दुर्घटना

काठमाडौं । नायिका रेखा थापाको कारलाई मालवाहक ट्रकले ठक्कर दिएको छ । बुधबार दिउँसो करीब १२ बजे रेखाले चलाएको कारलाई ठक्कर दिएको हो ।

अन्तर्वार्ताबाट घर फर्किदैं गरेकी रेखालाई ठक्करमा परेर केही क्षति भने भएको छैन । तर,उनको कारको साइडमा भने सामान्य क्षति भएको बताइएको छ ।
ट्रकको ड्राइभरलाई प्रहरीले कब्जामा लिएको छ । ट्रक चालक र रेखा दुवैजना अहिले गौशाला प्रहरी वृत्तामा छन् ।

रेखा अभिनित तथा निर्मित फिल्म ‘रुद्रप्रिया’ यही कात्तिक २ गतेबाट देशभर रिलिज हुँदै छ । आठ वर्षसम्म पानी बराबरको सम्बन्धमा रहेका रेखा र आर्यनले एकसाथ फिल्ममा पुनरागमन गरेका कारण यो फिल्म बहुप्रतिक्षित बनेको छ ।

 

rekha thapa accident

विशेष