News

पर्वका बेला विष्फोटक पदार्थ प्रयोग नगर्न आग्रह

पर्वका बेला विष्फोटक पदार्थ प्रयोग नगर्न आग्रह

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले तिहार तथा छठ पर्वको अवसरमा भूइचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।

आज एक सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगले सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता पदार्थको बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । यदि यसो गरिएको पाइए कारबाही हुने चेतावनी पनि कार्यालयले दिएको छ । 

सूचनामा तिहार र छठका अवसरमा खेलिने देउसीभैंलो जस्ता साँस्कृतिक कार्यक्रम पनि राति १० बजेसम्म मात्र खेल्न आग्रह गरिएको छ ।

tihar firecrackers

विशेष