News

वन रक्षक घुससहित पक्राउ

वन रक्षक घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । 

काठ निकासी छुट पुर्जीको म्याद थप गरिदिने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ । 

आयोगले आजै कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ४ का वडा सचिव अयोध्या विश्वकर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सचिव विश्वकर्माले नागरिकताको प्रमाणपत्र बनाउन सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु सात हजार घुस लिएको आयोगले जनाएको छ । 

Aktiyar

विशेष