विदेश

यस्तो छ नाइजेरियाको शिक्षा, एक कक्षाको प्रश्नपत्रको उत्तर दिँदा सबै शिक्षक नै फेल

यस्तो छ नाइजेरियाको शिक्षा, एक कक्षाको प्रश्नपत्रको उत्तर दिँदा सबै शिक्षक नै फेल


एजेन्सी । नाइजेरियाको उत्तरी कडुना राज्यमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीकालागि तयार पारेका प्रश्नपत्रको जाँच दिँदा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका छन् ।

कडुनाका गभर्नरले शिक्षक विद्यार्थी अनुपातमा रहेको असमानता सच्चाइने बताएका छन् ।  राज्यका गभर्नर नासिर एल रुफाइले भने जम्मा शिक्षक संख्याका दुई तिहाइ २१,७८० शिक्षकहरुले जाँचमा ७५ प्रतिशत या त्यो भन्दा माथिको नम्बर ल्याउन सकेनन् ।

उनले भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई विस्थापित गर्न २५ हजार नयाँ शिक्षकहरु भर्ना गरिनेछ । उनलाई उदृत गर्दै नाइजेरियाको ’डेली ट्रष्ट’ अखबारले लेखेको छ, “विगतमा शिक्षक नियुक्तिलाई राजनीतिकरण गरियो ।

हामी जवान र योग्य शीषकहरु भर्ना गरेर त्यो परिवर्तन गर्न चाहन्छौँ ता कि राज्यमा शिक्षाको गौरव कायम रहोस् ।“

विशेष