पुटिनको जन्मदिनमा कुकुर उपहार !
काठमाडौं । तुर्कमिनिस्तानका राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पप्पी (कुकुर) उपहार दिएका छन् ।
पुटिनलाई कुकुर प्रेमी भएका कारण उनलाई कुकुर उपहार दिइएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । ‘हामी साथी हौं र यो युनिक अलाबी कुकर हो’ आफूसँगै ल्याएको ‘केज’बाट पप्पी निकाल्दै राष्ट्रपतिले भने भने ।
पप्पी उपहार पाएपछि पुटिनले मायापूर्वक हातमा लिए र किस गर्दै कोठामा छाडे ।