News

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम) को भ्रमणमा आएकी छिन् ।

राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहेकी प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिए । उनले भने, “खप्तडबाट फर्किएर आज नै उहाँको डोटीस्थित शैलेश्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।” 

राष्ट्रपति भण्डारी आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ७ नं प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको भए पनि कार्य व्यस्तताले अरू जिल्लाको भ्रमण गर्न नसकिने बताइएको छ । 

राष्ट्रपति भण्डारी दुईदिने भ्रमणका लागि बुधबार सुदूरपश्चिमको डोटी आइपुगेकी हुन् । राष्ट्रपति भण्डारी सुदूरपश्चिममा आइपुगेपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

Bidya Debi Bhandari far-western region visit

विशेष