News

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

बनियानी, झापा । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै दलालले रकम ठगी गरेपछि एक परिवारको बिचल्ली भएको छ । 

आफ्ना पति ओमनारायण राजवंशीलाई वैदेशिक राजगारीमा पठाइदिने भन्दै दलालले रु दुई लाख ८० हजार ठगी गरेपछि बिचल्ली भएको गौरीगञ्ज गाउँपालिका–१ की बबिता राजवंशीले बताइत् । झापा पृथ्वीनगरका रोशन खतिवडाले आजाद भिसामा साउदी अरब पठाइदिने प्र्रलोभन देखाएर उक्त रकम लिएको बबिताले बताइन् । 

“राम्रो कम्पनीमा काम लगाइदिने भनेपछि दुई कट्ठा जग्गा धितो राखेर ऋण लिएका थियौँ”, पीडित बबिताले भनिन्, “न विदेश पठायो न पैसा नै फिर्ता गरेको छ, धितो राखेको जग्गा पनि लिलाम हुन लागेको छ ।” ऋणका कारण आफूहरुलाई ठूलो आर्थिक संकट आइपरेको उनले सुनाइन् । 

राजवंशी परिवारले रकम फिर्ता गराइदिन भन्दै निवेदन दिएको छ । बिर्तामोडमा मेनपावरको एजेण्टका रुपमा काम गर्दै आएका खतिवडा हाल दुबईमा रहेको बताइएको छ । उनकी श्रीमती रिमा श्रेष्ठ खतिवडाले पैसा तिर्न प्रयास गरिरहेको बताइन् । 

dalal

विशेष