विदेश

बङ्गलादेशमा रोहिङ्गालाई जेलजस्तै– अधिकारवादीहरु

बङ्गलादेशमा रोहिङ्गालाई जेलजस्तै– अधिकारवादीहरु

ढाका । म्यान्मारबाट बङ्गलादेश छिरेर शरणार्थीका रुपमा रहेका लाखौँ शरणार्थीलाई यहाँ जेलमा जस्तै राखिएको अधिकारवादीहरुले जनाएका छन् । 

बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्गा मुसलमान समुदायका शरणार्थीलाई यस्तो अवस्थामा राखेको समाचार यसअघि पनि आएको थियो । उनीहरुलाई शरणार्थी शिवीरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन । त्यसैगरी उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ । 

बङ्गलादेशमा रहेका करिब पाँच लाख रोहिङ्गा शरणाथीलाई मोबाइल सेवा दिएमा दूर सञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ । उनीहरुका लागि आवश्यक खानेपानीका साथै अरु प्रबन्ध आधारभूत सेवाको प्रबन्ध पनि गर्न नसकिएको अधिकारीहरुले जनाएका छन् । 

रोहिङ्गा शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चारमन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिएका छन् । बङ्गलादेशको सरकारले सुरक्षाको कारण देखाउदै मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ । 

शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

bangladesh rohingya

विशेष