विदेश

नेपालसमेत हल्लाएको आरुषी हत्याकाण्ड, जसका चिकित्सक बाबु आमा रिहा हुने भए

नेपालसमेत हल्लाएको आरुषी हत्याकाण्ड, जसका चिकित्सक बाबु आमा रिहा हुने भए

एजेन्सी । सन् २०१३ मा सीबीआई कोर्टले नोयडाकी आरुषीका आमा बाबुलाई आजीवन कारागारको सजाय सुनाएको थियो । इलाहावाद उच्च अदालतले नौ वर्ष पुरानो आरुषी र हेमराज हत्याकाण्डमा आरुषीका बाबु डा. राजेश तलबार र आमा नुपुरलाई रिहा गर्न आदेश दिएको हो । 

ती दम्पती सन् २०१३ देखि डासना जेलमा बन्द थिए । त्यसपछि आरुषीका आमा बाबुले आफूहरु पीडित रहेको भन्दै उच्च अदालतमा मुद्धा हालेका थिए । तलवार दम्पतीका वकिलले शुक्रबार ती दम्पती जसरी पनि रिहा हुनेछन् भन्ने दाबी गरेका छन् ।

के हो आरुषी हत्याकाण्ड ?

सन् २००८ को १६ मेमा भारतको दिल्ली नजिक रहेको नोएडामा रहेको उनको घरमा १४ वर्षीया छोरी आरुषीको घाँटी रेटेर हत्या गरिएको थियो । साढे पाँच वर्षपछि सीबीआई उच्च अदालतले आमा नुपुर र बाबु राजेश तलवारलाई दोषी ठहर गर्दै आजीवन जेल हुने फैसला सुनाएको थियो । आरुषी हत्याको अनुसन्धान र बहस धेरै लामो समयसम्म चलेको थियो । त्यसलगतै त्यो बेला उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले त्यस मामलाको जाँच गर्न सीबीआईलाई निर्देशन दिएकी थिइन् ।

नेपालका हेमराज पनि मारिएका थिए

त्यसबेला आरुषी र नेपालका ४५ वर्षीय हेमराज मारिएका थिए । हेमराज तलवारको घरमा काम गर्थे । आरुषीको हत्याको भोलिपल्ट तलवारको घरको छतमा कुलरको माथि हेमराजको लास फेला परेको थियो ।

यो घटनामा सो घरमा काम गर्ने तीन जना र आरुषीका आमा बाबुलाई शंकाको नजरमा राखिएको थियो । तर ती तीन जना काम गर्नेहरुका बारेमा पुष्टि हुनेगरी कुनै तथ्य फेला नपरेपछि उनीहरुलाई छोडिएको थियो । उनीहरु थिए, कृष्णा थैडाराज, राजकुमार र विजय मण्डल । कृष्णा थैडाराज राजेश तलवारको नोएडामा रहेको क्लिनिकमा काम गथ्र्यो । हेमराजको साथी पनि थियो । जो घर नजिकै बस्थ्यो । राजकुमार, जो नेपालका हुन् । उनी घरको काम हेर्थे । विजय मण्डल, जो तलवारका छिमेकीको घरमा काम गर्थे ।

आरुषीका आमा नुपुर तलवार र बाबु डा. राजेश तलवार जसलाई शंकाको घेरामा राखिएको थियो र दोषी करार गरियो पनि । दोषी मानिएपछि गाजियावादको डासना जेलमा आजीवन कारागारमा राखियो ।

तलवार दम्पतीले सीबीआई स्पेशल कोर्टको फैसलालाई लिएर इलाहाबाद हाईकोर्टमा चुनौति दिएका थिए । न्यायाधीश बीके नारायण र एके मिश्राले यही वर्षको सेप्टेम्बर ७ मा आफ्ना फैसला सुनाइ सुरक्षित राखेका थिए ।

को हुन तलवार दम्पती ?

तलवार दम्पती दिल्ली एनसीआरका चर्चित डेन्टिस्ट हुन् । डा. राजेश पञ्जाबी तथा नूपुर महाराष्ट्रका हुन् । नूपुर एयरफोर्स अफिसरको छोरी हुने भने डा. राजेशका बाबु मुटु विशेषज्ञ हुन् । आरुषिको जन्म सन १९९४ मा भएको थियो ।

यो मुद्धामा हेर्ने को को थिए ?

यो मुद्धामा सुरुमा उत्तर प्रदेश प्रहरीले अनुसन्धान थालेको थियो । उसले सुरुमै तलवार दम्पतीलाइ शंकाको नजरमा रखिसकेको थियो । पछि यो मुद्धा सीबीआईलाई सुम्पियो । सन् २००८ मे ३१ मा सो मुद्धामा अनुसन्धान गर्न सीबीआई जोइन्ट डाइरेक्टर अरुण कुमारलाई दिइयो । त्यसपछि तलवार दम्पतीलाई क्लिन चिट दियो र तीन जना काम गर्नेलाई पनि सस्पेक्ट गरे ।

नोएडा पुलिसलाई विश्वास लाग्यो कि आरुषीको हत्या उनकै बाबु डा. राजेशले गरेका हुन भनेर । त्यसको आधारमा प्रहरीले आरुषी हत्याको आरोपमा बाबु राजेशलाई सन् २००८ मे १३ मा पक्राउ गरेको थियो । त्यसपछि सन् २००९ को सेप्टेम्बरमा सीबीआईको अर्को टीमले यसबारे अनुसन्धान थाल्यो ।

विशेष