News

परराष्ट्र मन्त्रालयको अनलाइन संस्करण सार्वजनिक

परराष्ट्र मन्त्रालयको अनलाइन संस्करण सार्वजनिक

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले गत आव २०७३-०७४ का महत्वपूर्ण कूटनीतिक घटनाक्रम तथा मन्त्रालयले गरेका महत्वपूर्ण गतिविधि समेटिएको वार्षिक प्रतिवेदनको अनलाइन संस्करण आज सार्वजनिक गरेको छ । 

उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज उक्त प्रतिवेदन सार्वजनिक गर्दै कूटनीतिक क्षेत्रमा भएको महत्वपूर्ण घटनाक्रमलाई अभिलेखका रुपमा राख्नुपर्ने बताउँदै प्रतिवेदन भावी पुस्ताका लागि महत्वपूर्ण सामग्री हुने छ भने । 

सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागीले मन्त्रालयअन्तर्गतका विभाग तथा नियोगको वार्षिक गतिविधिलाई उक्त प्रतिवेदनमा अभिलेख गरिएको जानकारी दिए । प्रतिवेदनमा १२ छुट्टाछुट्टै शीर्षकमा नेपालको कूटनीतिक सम्बन्ध तथा कन्सुलर क्रियाकलापसमेतका विषय उल्लेख गरिएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले बताए । 

online ministry of foreign affairs

विशेष