News

गौचनलाई शहिद घोषणा गर्ने तयारी, आजै अन्तेष्टि गरिने

गौचनलाई शहिद घोषणा गर्ने तयारी, आजै अन्तेष्टि गरिने

काठमाडौं ।  सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज गरिने भएको छ ।  

बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो । महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो ।  

गौचनको शवलाई आज महसंघको कार्यालय अनामनगरमा राखेपश्चात अन्त्येष्टि गरिने महासंघले जनाएको छ । मृतक गौचनका काका ओमकार गौचनले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाई नगर्न आग्रह गरे ।

 नेपाल समाचारपत्र

विशेष