News

पर्साका प्रहरी प्रमुख फेरिए, डा. गणेश रेग्मीलाई जिम्मेवारी

पर्साका प्रहरी प्रमुख फेरिए, डा. गणेश रेग्मीलाई जिम्मेवारी


काठमाडौं । पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी एसपी डा.गणेश रेग्मीलाई दिइएको छ ।

पर्सामा कार्यरत एसपी सुदीप गिरी राष्ट्रसंघीय शान्ति मिसनमा जाने भएपछि रेग्मीको सरुवा गरिएको हो ।  रेग्मी पिएचडी होल्डर भए पनि कार्यक्षमतामा कमजोर मानिन्छन् । उनी प्रहरी वृत्तमा अनुचित तवरले फाइदा लिने प्रहरी अधिकारीका रुपमा चिनिने स्रोतको भनाइ छ ।

गृहसचिव लोकदर्शन रेग्मीका नाताले भाइ पर्ने एसपी रेग्मीले सरुवाका लागि कास्की र रुपन्देही जान खोजे पनि वीरगञ्ज गरिएको हो ।

विशेष