News विदेश

यस्तो पनि भेटियो, स्वीट्जर्ल्याण्डमा फोहोरको नालीमै सुन चाँदी भेटियो

यस्तो पनि भेटियो, स्वीट्जर्ल्याण्डमा फोहोरको नालीमै सुन चाँदी भेटियो

एजेन्सी । दुनियाँकै सम्पन्न देश मानिने स्वीट्जर्ल्याण्डको नालीले पनि उक्त देशका सम्पन्नताको बयान गरेको छ । उक्त देशको नालीमा हरेक वर्ष करोडौं रुपैयाँ बरारबरको सुन चाँदी भेटिने गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साेधकर्ताहरुले पछिल्लो वर्ष जलशोधन संयन्त्रबाट निक्लिएको लेदोबाट तीन टन चाँदी र ४३ किलो सुन निकालेका छन् । यसको मूल्य करिब २० करोड रुपैयाँ बराबर पर्न जान्छ ।यो जानकारी आएपछि मानिसहरु आफ्नो इलाकाको नालीमा यस्ता महंगा धातूको खोजी गर्ने प्रयासमा रहेका छन् ।

यसबारे अध्ययन गर्ने एकजना सोधकर्ता बेस वेरियन्सले भने, ‘तपाईंले यस्ता सन्की महिला तथा पुरुषको बारेमा सुन्नुभएको होला जो अपाm्नो गहना ट्वाइलेटमा फ्याँकिदिन्छन् । तर, दुर्भागवश हामीले भने एउटा औँठी पनि भेट्न सकेका छैनौं । सबभन्दा बढि सुन पश्चिमी स्वीस क्षेत्र जुरामा भेटिएको छ । यसको सम्बन्ध घडी निर्माता कम्पनीसँग रहेको पत्ता लागेको छ । यस कम्पनीले महंगो घडीको सजावटमा सुनको प्रयोग गर्ने गरेको छ ।’

विशेष