News

देउवाले मन्त्रीपरिषद् विस्तार गर्दै, कमल थापा गृहमन्त्री हुने

देउवाले मन्त्रीपरिषद् विस्तार गर्दै, कमल थापा गृहमन्त्री हुने

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तारका लागि भित्रि रुपमा तयारी सुरु गरेका छन् । नव नियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनु पर्ने भएको राष्ट्रपति कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको तर्फबाट राष्ट्रपति कार्यालयलार्इ जनाइएकाे दिएको छ ।

अबको मन्त्रीपरिषद्को विस्तारमा थापा लगायत राप्रपालाई सरकारमा भित्र्याउन माओवादी मन्त्रीहरुलाई बखर्कस्त गर्नुपर्ने भएकोले प्रधानमन्त्री देउवा आफुविरुद्ध अविश्वासको प्रस्ताव नआउनेगरि मन्त्री परिषद् लागि राष्ट्रपति कार्यालयलाई तयार रहन भनेपनि मन्त्रीपरिषद् आजै विस्तार हुनेबारे टुंगो छैन् ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई बर्खास्त नगरी देउवाले थापालगायत राप्रपाका मन्त्रीहरुलाई विना विभागीय मन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ । शनिबार व्यवस्थापिका संसदको कार्यकाल सकिएलगतै माओवादी केन्द्री र माआवादी केन्द्रमा विलय भएका नेकपा (संयुक्त)का मन्त्रीलाई बर्खास्त गरिनेछ ।

संसद निर्वाचनका समानुपातिक तर्फको उम्मेदवारी दर्ताको कार्यक्रम (आइतवार)का लागि तय भइसकेको छ । त्यससँगै व्यवस्थापिका–संसदको कार्यकालपनि सकिने भएकाले त्यसपछिमात्र माओवादी मन्त्रीलाई बर्खास्त गर्ने योजना देउवाकाे रहेकाे छ ।

विशेष