News

वाम गठबन्धन नेपालको आवश्यकता : प्रवक्ता भुषाल

वाम गठबन्धन नेपालको आवश्यकता : प्रवक्ता भुषाल

भक्तपुर : नेकपा (माआवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले वाम गठबन्धन पछिल्लो राजनीतिक अवस्थामा नेपालको आवश्यकता भएको बताएकी छिन् ।

रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कारमा प्रवक्ता भुसालले वाम गठबन्धन भारतको इशारामा नभई नेपालको आवश्यकताका कारण निर्माण भएको स्पष्ट पारे ।

उनले वाम गठबन्धनभित्र बाहिर हल्ला आएजस्तो सिटको विषयमा विवाद नभएको तर उम्मेदवार छनोटलगायत सिट बाँडफाँडका विषयमा भने छलफल जारी रहेको बताए । उनले वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पार्टीले निर्वाचनअघि सरकार नछोडने बताए ।

विशेष