News

मन्त्री नै ठगी व्यवसायमा, यसरी चलाउँछिन् राज्य मन्त्रीले म्यानपावर

मन्त्री नै ठगी व्यवसायमा, यसरी चलाउँछिन् राज्य मन्त्रीले म्यानपावर

काठमाडौं  । नेपालमा म्यानपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन । उच्च तहका राजनिितक र प्रशासनिक नेर्तत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको म्यानपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ। वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माले म्यानपावर सञ्चालन गरिरहेको खुलासा भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककी नेतृ शर्माले मन्त्रालयको जिम्मेबारीसमम्हाले पनि म्यानपावर व्यवसाय छोडेकी छैनन् । बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवान तिर्न अटेरी गरिरहेकी छिन् । तीन वर्षअघि श्रम तथा रोजगार मन्त्रालयद्वारा खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका लागि सुरु गरेको निःशुल्क भिसा र टिकटको कार्यान्वयन भए नभएको जान्न विभागले माग गरेको विवरण नबुझाउनेमा पनि पहुँचवाला व्यक्तिकै म्यानपावर बढी छन् । विभागले पटकपटक विवरण माग गर्दा पनि नबुझाउनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री शर्माले चलाउँदै आएको दर्ता नम्बर २० को रिजा ओभरसिज सहित इनोभेटिभ म्यानपावर, एोिसिएट्स वेलकम म्यानपावर हुन् ।

वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले पटकपटक विवरण माग्दासमेत नबुझाउनेमा क्यापिटल रिक्रुटमेन्ट, मुस्ताङ ओभरसिज र रेड रोज म्यानपावर पनि हुन्। निःशुल्क भिसा र टिकट कार्यान्वयन भए्नभएको लगायत कामदारसँग असुल गरिएको शुल्कबारेको विवरण माग्दा पटकपटक बेवास्ता गरेपछि राज्यमन्त्री शर्माको रिजासहित ती म्यानपावर कम्पनीलाई ५० देखि एक लाख रुपैयाँसम्म जरिवान तिराउने निर्णय गरेको थियो । तर ती कम्पनीले अटेर गर्दै आएका छन् ।

नागरिक 

विशेष