विदेश

  यी व्यक्तिलाई श्रीमतीको लाशसँगै रातभर एक्लै बस्नुपर्ने के यस्तो फसाद आइलाग्यो

   यी व्यक्तिलाई श्रीमतीको लाशसँगै रातभर एक्लै बस्नुपर्ने के यस्तो फसाद आइलाग्यो

एजेन्सी । भारतको छत्तीसगढमा एक व्यक्ति आफ्नी पत्नीको लाससँगै रातभर कारमा सुतेको खबर अहिले सनसनीरुपमा फैलिएको छ ।

मेहरलाल नाम गरेका ती व्यक्ति श्रीमती लक्ष्मीको लाशसँगै रातभर एक्लै बसेका हुन् । लक्ष्मीले आत्महत्या गरेकी थिइन् । त्यसपछि उनी श्रीमतीको लासलाई कारमा राखेर आफ्नो गाउँ फर्किदै थिए ।

श्रीमतीको मृत्युपछि मेहरलालले उनको लासलाई कारमा राखेर गाउँ लैजादै थिए । तर बाटोमा कारको ब्याट्री डिस्चार्ज भएपछि उनले पत्नीको लाससँगै रात बिताए । मेहरलालको तीन वर्ष पहिला विवाह भएको थियो । तर, केही कारणवश श्रीमतीले झुण्डिएर आत्महत्या गरिन् । स्थानिय प्रहरीले जनाएअनुसार, उनलाई लक्ष्मीको मृत्युको जानकारी मिलिसकेको थियो । जसरी प्रहरीलाई मेहर पत्नीको लाससँग सुतेको सूचना मिल्यो मेहरलालले पत्नीको लास तुरुन्तै पोष्टमार्टमको लागि अस्पताल पठाइदिए ।

विशेष