मंसिर ४ देखि विद्यालय बन्द गर्न सरकारलाई निर्देशन

काठमाडाैँ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ ।
१० गते चुनाव हुने ३१ जिल्लाका विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको कारण विद्यालय बन्द गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो । साथै २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट बिदा दिने भनिएको छ ।
nirbachan nirbachan aayog