विदेश

भारतमा भोकमरी बढ्दै

भारतमा भोकमरी बढ्दै

एजेन्सी । भारतमा भोकमरीको समस्या झन झन बढ्दो क्रममा रहेको छ । पछिल्लो वर्षको सूची अनुसार भारत ९७ औं स्थानमा रहेको थियो भने यस वर्ष ११९ मध्ये भारत १०० औं स्थानमा रहेको जनाइएको छ ।

भारतको स्रोतले जनाएअनुसार अहिले भारतको भोकमरीको हालत नेपाल, उत्तर कोरिया र बांग्लादेश भन्दा पनि निकै खराब रहेको छ । ईन्टरनेशनल फूड पोलिसी इंस्टिच्यूट (आईएफपीआरआई)ले गरेको सर्वेक्षण अनुसार देशमा भोकमरी बढ्दै जानु भनेको एउटा ठूलो समस्या हो, जसको कारण आफ्नै भुगोलका बच्चाहरु कुपोषिततिर ढकेलिनु हो ।

(आईएफपीआरआई)ले बताए अनुसार, ११९ देशहरु मध्य भारत १०० औं स्थानमा हुनु धेरै नराम्रो र लाजमर्दो संकेत पनि हो । (आईएफपीआरआइ)ले यो पनि भन्यो, केहि देशहरु जस्तै पाकिस्तान र अफगानिस्तान हामी भन्दा पछी रहेका छन् । सन् २०१७ जीएचआईमा प्रतिशतको हिसाबले हेर्ने हो भने ३१.४ छ जुन प्रतिशतको हिसाबले उच्च श्रेणीमा रहेको हो ।

वेल्ट हंगर हिल्फेकी कन्ट्री डाइरेक्टर भारत निवेदिता वाष्र्णेयले बताइन, जीएचआइले गरेको सर्वेक्षण अनुसार यो निकै नै गम्भीर श्रेणीमा छ । यस कारण जीडीपीको उच्च वृद्धि दर देशमा रहेका व्यक्तिहरुमा सुरक्षाको ग्यारेण्टी दिन कठिन हुने सम्भावना छ ।

जसकारण अहिले भारतका बच्चाहरु गरिबी र भोकमरीले गर्दा कुपोषका शिकार भैरहेका छन् । जसले गर्दा बच्चाहरुको वजन जति हुनु पर्ने हो त्यो भन्दा अधिक कम छ ।

विशेष