आइभाेरी कोस्टमा विमान दुर्घटना

एजेन्सी । आइभोरी कोस्टको अबिदजानेलिक्स होउफोट बोइग्नी विमानस्थलबाट शनिबार बिहान उडेको विमान आन्ध्र महासागरमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ ।
एन्टोनोभ एन-२६ भालान एयर नामको विमानले फ्रान्सेली सैनिकका लागि उपकरण बोकेको थियो । मुसलधारे वर्षा र चट्याङ परिरहेका बेला दुर्घटना भएको बताइएको छ । त्यसलाई समुद्रको लहरले किनारतिर बगाएको बताइएको छ ।
plane accident iveri coast