निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप
काठमार्डाँ । नेकपा (एमाले)सँग आवद्ध विभिन्न भातृसंगठनले निर्वाचनको मुखमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नविना लामा र लोकतान्त्रिक खेलकुद महासंघ अध्यक्ष पुरुषोत्तम पौडेलले आज सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचनलाई पर धकेल्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।
चुनावको मुखमा सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको छ, विज्ञप्तिमा भनिएको छ– “चुनाव सार्न सक्ने मनसायकासाथ निर्वाचन आचार सहिंताविपरीत मन्त्रिपरिषद् विस्तार गर्ने काममा सरकार लागिपरेको छ ।”
“कुनै पनि वहानामा चुनाव सार्ने षड्यन्त्र नगर्न र संविधानलाई संस्थागत हुन नदिने देशी विदेशी प्रतिक्रियावादी शक्तिको योजनाअनुसार काम नगर्न हामी सरकारलाई सचेत गराउन चाहन्छौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।