News

काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप

काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप

काठमाडौँ । नेपाली काँग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गरेका पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

समितिमा पार्टीका नेताहरु डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, फरमुल्ला मंसुर, एनपी साउद र मीन विश्वकर्मा चयन भएका छन् । यसअघि पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरी केन्द्रीय समितिमा सिफारिस गर्न १७ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।

विशेष