विदेश

मोगादिसुको एक होटलमा विशाल विस्फाेट, दर्जनौ व्यक्ति परेको आशंका

मोगादिसुको एक होटलमा विशाल विस्फाेट, दर्जनौ व्यक्ति परेको आशंका

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार ठूलो विस्फाेट भएको छ । घटनामा दर्जनौ व्यक्ति परेको आशंका गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीले जनाएका छन् । 

घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, "विस्फाेटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् ।" घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विस्फाेटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।

घटनामा कैयाैँ व्यक्ति परेको हुनसक्ने अनुमान गरिएकोभएपनि मृतकको सङ्ख्याबारे एकीन नभएको उनले बताए । 

hotel blast

विशेष