विदेश

५० वर्षपछि खुल्यो बचपनमा देखेको बुलबुलको रहस्य

भेटियो एक अद्भूत चीज, पत्याउनै नसकिने

५० वर्षपछि खुल्यो बचपनमा देखेको बुलबुलको रहस्य

सन् १९४४ मा युरोपको एस्टानियामा बस्ने एक बालकले घर नजिकै एउटा तालमा बुलबुल उठेको देखेका थिए । त्यसबेला उक्त विषयलाई उनले वास्ता गरेनन् । तर ५० वर्षपछि ती व्यक्तिले फेरी त्यही बुलबुल याद गरे र आफ्नो सामाजिक सञ्जालमा त्यसबारे जिज्ञासु भएको कुरा व्यक्त गरे । इतिहास र अनुसन्धानमा रुची राख्ने एउटा टोलीले सरकारसँग अनुमति लिएर एस्टोनियाको ‘कुर्तना मटास्जर्व’ नाम गरेको उक्त तालमा गयो । करिब ८ घण्टा खन्दन पनि टोलीले केही हात पार्न सकेको थिएन । तर यसपछि एउटा यस्तो चिज भेटियो, जसले अनुसन्धानकर्ताहरुको होसै उडाइदियो । किनभने त्यस बुलबुलभित्रबाट एउटा ट्यांक भेटियो जो दोश्रो विश्वयुद्धताका जर्मन हार्मीहरुले प्रयोग गरेका थिए ।

अझै चलिरहेको छ इन्जिन

आश्चर्य त के छ भने ३० टनभन्दा पनि ज्यादा तौल भएको यस ट्यांकको इन्जिन जब बाहिर निकालेर चलाउन खोजियो, इन्जीन आँफै चल्न थाल्यो यो देखेर त्यहाँ उपस्थित भिडको खुशीको सिमाना थिएन । ट्यांकलाई मिलिट्री म्युजियममा राखिएको थियो ।

विशेष