News

निवर्तमान सांसद तिवारीको यस्तो दाबी

निवर्तमान सांसद तिवारीको यस्तो दाबी

काठमाडौं । जनआस्था साप्ताहिकले प्रकाशन गरेको ‘सांसदमा त्रिकोणात्मक प्रेम सम्बन्ध’ शिर्षकको समाचारलाई नेपाल आजले पनि सम्प्रेषण गरेपछि समाचारकी पात्र प्रतिक्षा तिवारीले यसबारे आपत्ति जनाएकी छिन् । उक्त समाचार झुठो भएको दावी गरेकी छन् ।

उनी र उनका श्रीमान श्रीचन्द्र मुखियाबारे सम्बन्ध विच्छेद भएको भन्ने खबरबारे स्पष्ट पार्दै तिवारी र श्रीचन्द्रद्वयले लेखेका छन्, ‘हामी श्रीमान श्रीमतीबीच सौहार्दपूर्ण वातावरणमा जीवन यापन भइरहेकोमा सम्बन्ध विच्छेद भएको भनि भ्रामक समाचार प्रचार गरिएको छ । यो नितान्त गलत र निराधार छ । हाम्रो सम्बन्ध विच्छेद भएको र अदालत गएको हुरा सरासर गलत हो । हामी अहिले पनि सँगै छौँ ।’

यसका साथै आफ्नै गाडी चलाउने ड्राइभरलाई भारतको गोवासम्म लगेर भिभिआइपी सुविधामा प्राप्त सात तारे होटलमा राखेपछि कूटनीतिक मर्यादा उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही चलेको समाचारमा उल्लेख भएको थियो । यसबारे प्रष्ट्याउँदै उनले पत्रमा उल्लेख गरेकी छिन् की, ‘म भारत जाँदा संसदीय टोलीसहित गएकी छु । मसँग कुनै गाडी पनि छैन र मेरो ड्राइभर पनि छैन । मसँग नभएको कुरालाई भएको हो भनि जुन अश्लिल समाचार छापिएको छ, सो सामाचार केवल चरित्र हत्या गर्ने नियतले छापिएको हो ।

उनले थप स्पष्टिकरण दिँदै लेखेकी छिन्, ‘जनआस्था साप्ताहिकले एक संसदसँग परेको र ड्राइभरलाई भारतसम्म लगेको भन्ने हुबहु साभार गरिएको कुरा नितान्त गलत रहेको छ । यस सम्बन्धमा मलाई व्यवस्थापिका संसदबाट कुनै पनि कारबाही भएको छैन र कुनै प्रक्रिया समेत नचलेको अवस्था छ । ’

विशेष