विदेश

भारतमा फेरी धर्मगुरुद्वारा १९ वर्षीया युवती बलात्कृत

भारतमा फेरी धर्मगुरुद्वारा १९ वर्षीया युवती बलात्कृत

नयाँदिल्ली । भारतमा एक जना धर्मगुरुलाई १९ वर्षीया युवती बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ । ४५ वर्षीय जैन धर्मगुरु शान्तिराज महाराजमाथि १९ वर्षीया ती युवतीले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई गुजरात प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ती युवतीको स्वाथ्य जाँच पनि गराएको थियो । स्वास्थ्य जाँचका क्रममा बलात्कार भएको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफ्ना बाबु आमासँग नानपुरा टिमलियावाडस्थित मन्दिरमा जाँदा बाबुआमालाई बाहिर राखेर आफूलाई भित्र लगी बलात्कार गरेको आरोप लगाएकी छन् । कसैलाई भनेको खण्डमा मार्नेसम्मको धम्की दिएको पनि उनले प्रहरीसँगको वयानमा भनेकी छन् ।

विशेष