News

वायरलेस डिभाईसबाट एमबिबिएसको परिक्षामा चिटिङ, २० जना पक्राउ

वायरलेस डिभाईसबाट एमबिबिएसको परिक्षामा चिटिङ, २० जना पक्राउ

एमबिबिएसको प्रवेश परिक्षामा वायरलेस डिभाईसको प्रयोग गरेर चिट चोर्ने र चोराउने २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिस काठमाडौँबाट खटिएको प्रहरी टोलीले कमलपोखरी, स्वयंभु र चाबहिल लगायतका स्थानबाट चिट चोर्न र चोराउने कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धेरैजसो भारतीय मुलका नागरिक रहेको प्रहरी स्रोतले जनाएको छ ।

परिक्षार्थीलाई वायरलेस डिभाईस उपलब्ध गराउने र सोही डिभाईस मार्फत प्र्रश्नोत्तर आवतजावत गराएर विद्यार्थी पास गराउने प्रविधिबारे अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका गिरोहका सदस्यहरुले करिब पाँच सय विद्यार्थीलाई चीट चोर्ने व्यवस्था मिलाएर ५० करोडभन्दा बढिको रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

 

mbbs

विशेष