पाँच लाख घुस खाएकाे अाराेपमा डिएसपी अख्तियारकाे नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु बृत्तका डिएसपी नवीन भण्डारीलाई नियन्त्रणमा लिएको छ । थुनुवासँग पाँच लाख रुपैयाँ घुस खाएको आरोपमा भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
अपहरण मुद्दामा डीएसपीले ५ लाख घूस खाएको अख्तियार स्रोतले जानकारी दिएकाे छ । नियन्त्रणमा लिइएका डीएसपीलाई अख्तियारले हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।