यी डीएसपी, जसले जवानहरुलाई प्रयोग गरेर सेवाग्राहीसँग पाँच लाख रुपैयाँ असुले
काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीमाथि जवानहरुलाई प्रयोग गरेर एक व्यक्तिसँग पाँच लाख रुपैयाँ मागेको खुलासा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी भण्डारीलाई बोलाएर यस विषयमा सोधपुछसमेत गरेको छ ।
उनले बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट, बाल सुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाह र तार्केश्वरका विनोद थापासँग मिलेर सेवाग्राहीसँग ५ लाख घुस मागेको बताइएको छ । अख्तियारको टोलीले उनीहरुलाई ८ असोजमै नियन्त्रणमा लिएको थियो ।