News

सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

चौतारा । सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य मन्त्रालयले सन् २०१७ सम्म देशलाई पूर्ण खोपयुक्त गर्ने सिलसिलामा पूर्ण खोप राष्ट्रिय निर्देशिकाको तालिकाअनुसार बालबालिकाले सबै प्रकारको खोप लिइसकेकाले आजबाट २९औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित घोषणा सभामा जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.किरण रेग्मीले भूकम्पले तहसनहस पारेको जिल्ला भएर पनि राष्ट्रिय अभियानलाई सफल पारेकामा सराहना गर्दै पूर्ण खोप स्वास्थ्य क्षेत्रमा ठूलो फड्को भएको दाबी गरेका छने ।

सो अवसरमा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा.भोलाराम श्रेष्ठ र जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव एवं जिल्ला जनस्वास्थ्य प्रमुख डा.सुरेन्द्रप्रसाद चौरासियाले पनि खोपको महत्वका बारेमा प्रकाश पारेका थिए ।

विशेष