News

असहाय बालिकालाई बालविकासको जिम्मा

असहाय बालिकालाई बालविकासको जिम्मा

दाङ । यहाँ भेटिएकी एक बालिकालाई असहाय बालविकास नेपाल, बिजौरीलाई जिम्मा लगाइएको छ । शुक्रबार बेवारिसे अवस्थामा तुलसीपुरमा भेटिएकी ती बालिकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले हेरचाह गर्दै आएको थियो ।

भेटिएकी ती बालिकालाई आफन्तले दाबी गर्न नआउँदासम्म पालनपोषण तथा शिक्षा दिन भनी उक्त संस्थालाई जिम्मा दिएको हो । अनुमानित ११ वर्षीया ती बालिकालाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले असहाय बालविकास नेपाल, बिजौरीका अध्यक्ष विष्णु चौधरीलाई जिम्मा लगाएएको हो ।

आफ्नो घर दाङ बताउने ती बालिकाले आफ्नो नाम अनिता चौधरी, बुबाको नाम टीकाराम चौधरी र आमाको नाम फूलमती चौधरी बताउँदै आएकी छिन् । उक्त संस्थाले यसअघि १४ जना बालबालिकालाई पालनपोषण तथा पठनपाठन गराउँदै आएको छ ।

विशेष