News

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडीको दुरुपयोग

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडीको दुरुपयोग


काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक विक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ ।

मन्त्री साहले लखेको मधेसी मुक्तिका आधारहरु नामक पुसतक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई मधेसका जिल्लाहरुमा विक्रि गर्दै हिंडेका छन् ।

शनिबार विहान बा. २ झ २२६३ नम्बरको सरकारी गाडी लाहनस्थित सीता नोबेल पुस्तक पसल अगाडी भेटिएको हो । उक्त गाडीमा शशिभुषण साह सवार थिए ।

उनले अफु मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकार गरे । यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

विशेष