विदेश

यी हुन् ३१ वर्षे युवा जसले संसार हल्लाए

यी हुन् ३१ वर्षे युवा जसले संसार हल्लाए


भियना । अस्ट्रियाको पिपल्स पार्टी आम चुनावमा जीत नजिक पुगेको छ । जुन यतिबेला चर्चाको विषय बनिनरहेको छ । किनभने अस्ट्रियामा कन्र्जभेटिभ पार्टी भनेर चिनिने पिपल्स पार्टीको अगुवाई ३१ वर्षीय युवा नेता सबेस्टियन कुर्जले गरिरहेका छन् ।

यदी पिपल्स पार्टीले चुनावमा जीत हासिल गर्यो भने सबेस्टियन विश्वकै सबैभन्दा कम उमेरका राष्ट्रप्रमुख बन्ने छन् ।

चुनावका विश्लेषकहरुका अनुसार पिपल्स पार्टीले ३१ प्रतिशत भोट हासिल गर्न सक्नेछ । यद्यपि, दोस्रो स्थानमा सोशल डेमोक्रेट्स वा दक्षिणपन्थी मानिने फ्रिडम पार्टीमध्ये को आउँछ भन्ने यकिन भइसकेको छैन ।

यदी सबेस्टियन कुर्ज बहुमतबाट केही टाढा रहे उनले आप्रवासनविरोधी भनेर चिनिने फ्रिडम पार्टीसँग गठबन्धनको प्रयास गर्न सक्नेछन् । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै सबेस्टियनले भने, ‘यो देशमा अब परिवर्तनको समय आएको छ । हामीलाई जर्बदस्त जनादेश प्राप्त भएको छ ।

परिवर्तनका लागि र यसलाई सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उनले भने

 

विशेष