विदेश

यी बाबा जसले गरे १९ वर्षे युवती बलात्कार, जेलको हावाखाँदै भन्छन् सहमतिमै भयो

यी बाबा जसले गरे १९ वर्षे युवती बलात्कार, जेलको हावाखाँदै भन्छन् सहमतिमै भयो


काठमाडौं । १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेका जैन मुनि शान्ति सागर (४९) ले उनलाई फसाएको बताएका छन् ।

मेडिकलको क्रममा उनले डाक्टरलाई भने, ‘म ती युवतीलाई ५–६ महिनादेखि चिन्दछु । उनी पहिलो पटक मलाई सपरिवार भेट्न आएकी थिइन् । टिमलियावाड नानपुरा धर्मशालामा युवतीसँग सहमतीमा नै अक्टोबर १ तारिखमा सम्बन्ध स्थापित भयो । जीवनमा पहिलो पटक यस्तो गरेको हुँ ।’ यो कुरा डाक्टरले मेडिको लिगल केस रजिस्टरमा दर्ता गरेका छन् ।

जैन मुनी शन्ति सागरमाथि मध्यप्रदेशको ग्वालियरमा बस्ने १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोप छ । गुजरातको सूरतमा पुलिसले शुक्रबार उनीविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

शनिबार अबेर राती मेडिकल जाँचमा बलात्कार पुष्टि भएपछि शान्ति सागरलाई पक्राउ गरिएको थियो । त्यसपछि जैन कम्युनिष्टका केही संस्थाले मुनी पक्राउ गरेको विरोधमा प्रदर्शन पनि गरेका थिए ।

विशेष