विदेश

पाकिस्तान र इरानले सीमा व्यवस्थापनका लागि यस्तो सम्झौत गरे

पाकिस्तान र इरानले सीमा व्यवस्थापनका लागि यस्तो सम्झौत गरे

इस्लामावाद । पाकिस्तान र इरानबीच सीमा व्यवस्थापनमा सम्झौता भएको छ। सीमा व्यवस्थापन सम्बन्धी समझदारीपत्रमा दुई देशले आइतबार हस्ताक्षर गरेका हुन्।

पाकिस्तान र इरानको संयुक्त सीमा आयोग बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा भएको थियो। बैठकपछि दुई देशकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

गत मेमा दुवै देशको सीमा आयोग गठन भएको थियो। आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्न सो संयुक्त आयोगको गठन भएको थियो।

आइतबार आयोगको २१औँ बैठक बसेको रेडियो पाकिस्तानले जानकारी दिएको छ। रेडियो पाकिस्तानका अनुसार सो आयोगको बैठकमा आतंकवादी aक्रियाकलापहरुको निगरानी र नियन्त्रण, सीमा सुरक्षा, अध्यागमन तथा द्वीपक्षीय व्यापार लगायतका क्षेत्रमा छलफल र सहमति भएको छ।

सो बैठकमा सहभागी दुवै देशका प्रतिनिधिले सीमा क्षेत्रमा हुन सक्ने अवैध लागूपदार्थको ओसारपसार, अवैध आप्रवासनको आवातजावत लगायतका गतिविधि रोकथामका लागि सहमति तथा प्रतिबद्धता कायम गरेको रेडियो पाकिस्तानले भनेको छ।

विशेष