नेपाली सेनाको प्रवक्तामा नैनराज दाहाल नियुक्त

काडमाडौं । नेपाली सेनाको प्रवक्तामा नैनराज दाहाल नियुक्त भएका छन् ।
सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले आज एक विज्ञप्ती निकाल्दै सहायक रथी नैनराज दाहाल नयाँ प्रवक्ता नियुक्त भएको जनाएको छ । आज सैनिक निर्देशनालयमा एक कार्यक्रमका बिच पूर्व प्रवक्ता झंकरबहादुर कडायतले दाहाललाई जिम्मेवारी हस्तान्तरण गरे ।
७ महिना सेनाको प्रवक्ता रहेका कडायतलाई ७ नम्बर प्रदेशको सैनिक कमाण्ड सुम्पिएको हुनाले दाहाललाई नयाँ प्रवक्ता नियुक्त गरिएको हो ।
Nepali Sena prabakta