News

संसद् भवन बानेश्वरमै

संसद् भवन बानेश्वरमै

काठमाडौं ।   सङ्घीय संसद्का दुवै सदनको दैनिक बैठक सञ्चालन बानेश्वरस्थित हालकै संसद् भवनमा हुने भएको छ ।

संसद् सचिवालयले नयाँ संरचनामा पनि बानेश्वरस्थित हालकै भवनमा बैठक कक्ष व्यवस्थापन गर्ने गरी गृहकार्य सुरु भएको छ । संसद् सचिवालयका महासचिवको नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग आइतबार परामर्शसमेत गरेको छ ।

रूपान्तरित संसद्को कार्यकाल समाप्त भएको भोलिपल्टै संसद् सचिवालय प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष व्यवस्थापनमा लागेको हो । संसद् सचिवालयका अनुसार नयाँ जनप्रतिनिधि निर्वाचन भई संसद् अविधेशन आह्वान नहुँदासम्म पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगको भाडा सम्झौता कायम नै राखिने भएको छ ।

हालको सम्झौता भङ्ग नहुने भएको छ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आइतबार नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग भवन भाडा कायम राख्नेबारे बैठक भइसकेको बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।

 

विशेष