News

थाइल्याण्डबाट फर्किए पूर्वराजा सपरिवारका साथ

थाइल्याण्डबाट फर्किए पूर्वराजा सपरिवारका साथ

काठमाडौं । एक हप्ताको थाइल्याण्ड बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन् । पत्नी, बुहारी र नातिनी पूर्णिकासँगै उनी पूर्वराजा आइतबार अपरान्ह स्वदेश फर्केका हुन्।

हिमानी छोरी पूर्णिकाका साथ थाइल्याण्मा भएपनि पूर्वराजा २२ असोजमा त्यसतर्फ लागेका थिए। मुटुका विरामी शाह नियमित स्वास्थ्य उपचारका लागि त्यसतर्फ गएका हुन् ।

स्वास्थ्यमा देखिएको समस्याकै कारण यसपटक उनले सर्वसाधारणका लागि निर्मल निवासमा टीकाको आयोजना समेत गरेका थिएनन् । गतसालसम्म उनले टीका लगाइदिने गरेका थिए ।

विशेष