News

प्रदेश र संघमा टिकट नपाएपछि सेल रोटी बेच्दै रञ्जु दर्शना

मञ्जु मिश्र

प्रदेश र संघमा टिकट नपाएपछि  सेल रोटी बेच्दै रञ्जु दर्शना

काठमाडौं । स्थानीय निकायको चुनावमा काठमाडाै‌ महानगरपालीकामा विवेकशिल पार्टीबाट मेयर पदमा उमेदवार बनेकी युवा नेतृ रञ्जु दर्शना तिहारमा सेलरोटी व्यावसायमा लागेकी छिन् । आफ्नी आमासंग मिलेर उनले यो व्यावसाय गरीरहेकी छिन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उमेर नपुगेका कारण कुनैपनि क्षेत्रबाट उम्मेदवारमा नछानिएपछि उनको उनले नयाँ व्यावसाय सुरु गरेकी हुन् । त्यसकारण उनले राजनितीको बिकल्प खोजेकी छन् ।

एकपटक नेता भैसकेपछि त्यसैको आडमा जीवन गुजारा गर्ने माध्यम बनाउने नेता गणहरुलाई उनको यो कदम तिखाे व्यंग्य हाे ।  सेलरोटीकाे व्यापार मौलाइरहेको कुरा उनले आफ्नो फेसबुक स्टाटसमा राखेकी छन् ।

मानिसहरुले सेलरोटी अर्डर गरीरहेको पनि हेर्न सकिन्छ । हाल उनले बनाएका सेलरोटी बौद्ध नयाबस्ती स्थीत ग्रिन मार्टमा उपलब्ध छन् ।

विशेष