News

तिहारकै बेला चीनद्वारा रसुवागढी नाका बन्द, केरुङका नेपाली पनि फर्काइए

तिहारकै बेला चीनद्वारा रसुवागढी नाका बन्द, केरुङका नेपाली पनि फर्काइए

रसुवा । चीनले नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नाका बन्द गरेको छ । भोलि हुने कंग्रेस सभाको चुनावको लागि सो अन्तर्राष्ट्रिय नाका बन्द गरिएको हो । चीनले ६ दिनका लागि सो नाका बन्द गरेको हो ।

रसुवागढी नाका नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका हो । झण्डै साता दिनसम्म सो नाका बन्द गरिएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने छ ।

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शरतकुमार थापा क्षेत्रीले १९ औँ चिनियाँ नेसनल कंगे्रस सभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने भएकाले चिनियाँ पक्षले सीमानाका बन्द गरेको बताए । उनले नाका बन्दसँगै केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको बताए ।

 

विशेष