कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, १२ सैनिकको मृत्यु
किन्सासा । कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १२ सैनिकको मृत्यु भएको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र अरु पनि केही सैनिक रहेका थिए । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।
सेनाको सो जहाज कार्गाे लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या देखा परेकोले कामेली जान नसही बिमान राजधानीतर्फ नै फर्केको थियो । दुर्भाग्यबस राजधानी किन्सासा पुग्नुभन्दा केही समयमात्र अघि जहाज दुर्घटनामा परेको थियो । राजधानी किन्सासा पुग्न करिब १०० किलोमीटर बाँकी रहँदा सो विमान खेतमा खसेको थियो ।
त्यस विमानमा अरु कतिजना यात्रु थिए भन्ने बारेमा अझै स्पष्ट भएको छैन ।