विदेश

रुसमा आतंक ८३ ओटा भालु मारियो

रुसमा आतंक  ८३ ओटा भालु मारियो

मस्को । जंगलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानवबस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ ओटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् ।

साखलिन टापूमा तैनाद वन अधिकृतले भने, ‘भालुको सन्त्रास मानवबस्तीमा फैलाएका कारण गाउँलले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपीलपछि भालुलाई जंगलतिर धपाइने गरेपनि जंगलमा आहाराको कमी हुँदा निरन्तर मानबस्तीमा आक्रमण गर्ने क्रम नरोकिएपछि प्रशासनको सल्लाहअनुसार एक हप्तामा ८३ ओटा भालुलाई मारिएको छ ।’ एक वर्षको अवधिमा यो संख्याको तेब्वर भालु मारिएको उनले बताए ।

यस क्षेत्रमा यस पहिले भालु आक्रमणमा स्थानीयले ज्यान गुमाएका नगन्य घटना पाइने गरेपनि पछिल्ला केही वर्षयता भालुको बिगबिगी रहने गरेको आँफू यो सूचना दिने अधिकारिक व्यक्ति नभएकोले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।

स्थानीय नदी तथा खोलाहरूमा पाइने सालमन जातका माछाकोे उच्च मागसँगै अत्याधिक दोहन तथा जलवायु परिवर्तनका कारण जंगली फलहरूको कमी हुन थालेपछि भालुले मानववस्तीमा आक्रमण गर्न थालेका उनको दावी छ ।

उनले भालुको आहारा रक्षाका लागि आगामी गृष्म ऋतुभरी माछा मार्ने काम निषेध गर्नुपर्ने बताए । खानाको खोजीमा गाउँमा पुग्ने भालुले मानव तथा घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय नागरिकले भालुको आक्रमण रोक्न प्रशासन गुहार्न पुगेका थिए ।

आहाराको अभावमा निकै मोटा रहने गरेका भालु आजकल निकै दुब्लो अवस्थामा भेटिने गरेको स्थानीय नागरिकले बताए । भालुको आक्रमणमा सेप्टेम्बरमा मात्रै दूई जनाको ज्यान गएको थियो । भालुको सन्त्रास नोभेम्बरसम्म बढी हुने गर्छ किनकी यो समय माछाकोे उत्पादन निकै कमी हुने गर्छ । 

विशेष