News

सरकारले एकैपटक ९८ न्यायाधीशको सरुवा गर्यो

सरकारले एकैपटक ९८ न्यायाधीशको सरुवा गर्यो


काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ९८ न्यायाधीशको एकैपटक सरुवा गरेको छ । परिषद्को सोमबारको बैठकले नियमित सरुवाअन्तर्गत न्यायाधीशकै सरुवा गरेको हो । गत फागुनमा नियुक्ति भएका न्यायाधीशको पनि परिषद्ले सरुवा गरेको हो ।

विशेष अदालत काठमाडौँका सदस्य पनि परिषद्ले हेरफेर गरेको छ । यस्तै राजस्व न्यायाधीकरण र वैदेशिक रोजगार न्यायाधीकरणमा पनि नयाँ सदस्य तोेकेको छ ।

न्याय परिषद् सचिव राजन भट्टराईले न्यायाधीश सरुवा भएको बताउनुभयो । भट्टराईले नियमित प्रक्रियामा सरुवा भएको बताउनुभयो । विशेष अदालतको सदस्यमा बाबुराम रेग्मी, द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ, र नारायणप्रसाद पोखरेल तोकिनुभएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरू क्रमशः वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी, रामप्रसाद सिटौला, पदमप्रसाद बैदिक, कानुन तथा न्यायमन्त्री यज्ञबहादुर थापा उपस्थित हुनुहुन्थ्यो ।

गोरखापत्र

विशेष