News

शेष घलेले एमालेलार्इ दिएको करडौं रकम ओलीले महेश बस्नेतलार्इ लुकाएर दिए पछि एमालेमा हँगामा

शेष घलेले एमालेलार्इ दिएको करडौं रकम ओलीले महेश बस्नेतलार्इ लुकाएर दिए पछि एमालेमा हँगामा

काठमाडौं । समानुपातिक उम्मेदवार बनाउनु पर्ने भन्दै एनआरएनका पूर्व अध्यक्ष शेष घलेले बुझाएको ६ करोड रुपैया गाएब भएपछि एमाले स्थायी कमिटीमा खैलाबैला भएको छ ।

एमालेले उमेदवारको टुंगो लगाउन आइतबार बिहान आठबजे अध्यक्ष ओलीको निवास बालकोटमा स्थायी कमिटीको बैठक बोलाएको थियो । सो बैठक भैसेपाटीमा पनि शुक्रवार बेलुका बसेको थियो, तर तोकिएको भन्दा आठ गुणा बढीसम्म नाम आएको कारण आइतबार विहान फेरि बस्नेगरी बैठक सारिएको थियो । आइतबार बिहानै उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका कारण बैठक दुई तीन घन्टा पर धकेलियो । अन्ततः बैठक बसेपनि ६ करोड कता गयो भन्ने मुद्दा उठेकाले निर्णयभन्दा बढी खैलाबैला भएको कुरा स्रोतले जनाएको छ ।

बिहान ८ बजे बोलाइएको बैठक मध्याह्न १२ बजे सुरू भयो । बैठक बसेर सूची टुंग्याउनैपर्ने भएपछि प्रदेश प्रमुखहरूले नाम सर्टिङ गरेर ल्याएका थिए । तर, बैठकको सुरूवातमै वरिष्ठ नेता माधव कुमार नेपालले ‘ पार्टीको नाममा सहयोग आएको ६ करोड खै ?’ भनेपछि बैठकमा विषय मोडिएको मात्र हैन पुरै खैलाबैला नै भयो ।

स्रोतका अनुसार केही सयमअघि एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले एमालेलाई ६ करोड सहयोग बुझाएका थिए । तर त्यो पैसा शनिबारसम्म पनि पार्टीको खातामा जम्मा नभएपछि नेता नेपालले सबैको अगाडि सो प्रसंग निकालेका थिए । यो कुरा उठेपछि बैठक अर्कै विषयमा मोडिएको थियो ।
अध्यक्ष ओलीले यो विषय यहाँ नउठाउँ भनेर टार्ने प्रयत्न गरे पनि नेता नेपालले ६ करोडको फेहरिस्त मागिरहे ।

स्रोतकाअनुसार सो सहयोग रकममध्ये दुई करोड पार्टी पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री युवराज कार्कीले र दुई करोड पूर्वमन्त्री महेश बस्नेतले लगेको जवाफ दिए पनि अध्यक्ष ओलीले त्यसबाहेकको दुई करोड यहाँ छ भन्न सकेनन् । बरु बारम्बार यो विषय पछि उठाउँ, अहिले समानुपातिकको सूची टुंग्याउँ भन्दै पन्छाउन खोजे ।

तीन घन्टा बढी गलफती गरे पनि ६ करोड काण्ड नसुल्झिएपछि एमाले बैठक समानुपातिकको सूची टुंग्याउने विषयतिर त अघि बढ्यो । तर, समय घर्किसकेको थियो ।

त्यस्तै एनआरएनका अध्यक्ष भवन भट्टले पनि भेटे ओलीलाई भेटेर मोटो रकम दिएको स्रोतको दाबी छ ।

 

विशेष