विदेश

पोर्चुगल र स्पेनका जंगलमा भीषण आगलागी, कम्तिमा ३१ जनाको मृत्यु

पोर्चुगल र स्पेनका जंगलमा भीषण आगलागी, कम्तिमा ३१ जनाको मृत्यु

काठमाडौं । पोर्चुगलका दुई वटा जंगलमा भएको आगलागीमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी भएको हो । यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ ।

दुवै जंगलमा लागेको आगोमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको र धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । गर्मी मौसम र हावाहुरीका कारण आगो तिव्ररुपमा फैलिएको बताइएको छ ।

आगलागी नियन्त्रणमा लिन हजारौं अग्नि नियन्त्रक खटिएका छन् । आगलागी फैलिएको उत्तरी पोर्चुगलको तागुस नदी क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।

यो क्षेत्रमा आगो निभाउनका लागि ६ हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । पोर्चुगलका कोइम्ब्रा, गुएर्डा, कास्तेलो ब्रान्का र विसेउ क्षेत्रमा बढी प्रभाव परेको छ । यस्तै पोर्चुगलसँग सीमा जोडिएको स्पनेको क्षेत्रमा आगलागी भएको छ ।

आगलागीका कारण बाटो बन्द भएको छ । आगलागी फैलिएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।

विशेष