News

यो वर्षको मनसुन सकियो, अब जाडो सुरु

यो वर्षको मनसुन सकियो, अब जाडो सुरु


काठमाडौं । यो वर्षको मनसुन पूर्णरुपमा सकिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष २३ दिन ढिलो गरी गएरातिवाट मनसुन सकिएको हो । गत जेठ बा¥ह गतेदेखि शुरु भएको मनसुन औसतभन्दा २३ दिन लम्बिएर सकिएको महाशाखाले जानकारी दिएको छ ।

सामान्यतया नेपालमा १ सय ५ दिन मनसुनी प्रक्रिया रहने भए पनि यो वर्ष त्यो भन्दा केही लामो समयसम्म मनसुन सक्रिय भएको छ । नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन रहन्छ । मनसुन गत बर्ष २० दिन ढिला गरि सकिएको थियो ।

मनसुन सकिएसँगै पश्चिमी बायुको प्रभावले अव चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विशेष