News

ख्याल ख्यालमै आत्महत्या, मर्नु अघि नै प्रेमीले गरेका थिए खबर

ख्याल ख्यालमै आत्महत्या, मर्नु अघि नै प्रेमीले गरेका थिए खबर

काठमाडौं । तीन दिन अघि इमाडोल ललितपुर निवासी २६ वर्षीय अर्पीता श्रेष्ठ(नाम परिवर्तन)ले सलको पासो लगाएर आत्महत्या गरिन् । पूर्व रामेछाप घर भएको श्रेष्ठ परिवार केही वर्षयता इमाडोलमा घर बनाई बसिरहेका छन् । आफ्नो प्रेमिसंग भएको झगडा सहन नसकेर, मर्नलाई उक्साएपछि उनले आत्महत्या गरेको परिवारस्रोतको दाबी छ ।


भारतमा भएका आफ्ना प्रेमीसंग ख्याल ख्यालमै ज्यान दिन सक्ने कि नसक्ने भन्ने सर्त पर्दा उनले आत्महत्या गरेको उनका प्रेमी अर्जुन कोईरालाले परिवारलाई जानकारी दिएका थिए । आफूसंग स्काईपमा कुरा भएको र कुरै कुरामा तिम्रो लागि ज्यान दिन तयार छु भनेपछि प्रेमीले ज्यान दिएर देखाउन आग्रह गेरका थिए । नभन्दै उनले सिलिङको पंखा झुण्डाउने अंकुशेमा सलको पासो लगाई आत्महत्या गरिन् ।


अर्पीताका प्रेमीले आफ्नी प्रेमीकाले ज्यान दिएर देखाउंछु भनेपछि मृतकका दाजू तथा केही आफन्तहरुलाई जानकारि गराएका थिए । उनी निकट एक मित्रले नेपाल आजलाई बताईन् । ‘अर्पीताले मर्छु भनेर घुर्की लगाउंदैछ कृपया उनलाई बचाईदिनुहोस् ।’ उनले फोनमा रुंदै र आत्तिदै भनेका थिए । त्यसपछि मृतकका दाजूले उनलाई घरकै कोठामा झुण्डिरहेको अवस्थामा भेटे ।


पोष्टमार्टम रिर्पोटमा अर्पीताको मृत्यु पासो लाग्दा स्वासप्रस्वास प्रक्रिया बन्द भई भएको कुरा उल्लेख गरिएको छ । उनको हिजो नै पशुपति आर्यघाटमा दाहसंस्कार भयो ।

अात्महत्या

विशेष