विदेश

यस्ता छन् रसियन राष्ट्रपति पुटिनबारे रमाइला तथ्य

यस्ता छन् रसियन राष्ट्रपति पुटिनबारे रमाइला तथ्य

एजेन्सी । रसियाका राष्ट्रपति भाल्दिमर पुटिनले राष्ट्रपति र प्रधानमन्त्री भएर रसियामा एकक्षत्र राज गरेको दश वर्ष भन्दा पनि बढि भइसकेको छ । फाेब्र्स म्यागजिनले उनलाई विश्वकै शक्तिशाली व्यक्तिको सूचिमा सन् २०१३ देखि २०१६ सम्म राखेको थियो ।

उनीबारे केही रोचक तथ्य यस्ता छन् :

पुटिन एघार वर्षका हुँदा उनकी अमाले उनको जुडो खेल्ने निर्णयलाई स्वीकार गरिन् । तर, पुटिनले सन् २०११ मा पाँचौ डन ब्लाक बेल्ट हासिल गरे । त्यस्तैगरि उनले तेकवान्डोमा नऔं डन र करातेमा आठौं बेल्ट हासिल गरेका छन् ।

उनी कुकुरका सौखिन हुन् । उनले पालेका कतिपय कुकुरहरु उनले उपहार स्वरुप पाएका हुन् ।

एक चर्चित फोटोग्राफर प्लेटनले खिचेको पुटिनको तस्विरले सन् २००८ मा वल्र्ड प्रेस फोटो अवार्ड हासिल गरेको थियो । उक्त फोटोले अवार्ड पाएपछि प्लेटनले फोनमा फोटो सुट गर्दाका अनुभवबारे कुरा गरेरै दुई लाख रुपैयाँ गरेका थिए ।

फुर्सदको बेलामा पुटिन माछा मार्न, घोडा चढ्न, राफ्टिङजस्ता थुप्रै शाहसी खेल खेल्न रुचाउँछन् । उनी पौडी खेलमा पनि माहिर मानिन्छन् ।

उनी जर्मन भाषा बोल्न पनि सिपालु छन् । जर्मन चान्सलर एन्जेला मार्केलसन् २०१३ मा रसिया आउँदा पुटिन उनको सहयोगी बनेका थिए । उनी अंग्रेजी भाषा विरलै मात्र बोल्ने गर्छन् ।

उनी जन्मजात नै नास्तिक भएर जन्मिएका थिए । तर, सन् १९९० मा उनको जीवनमा दुई खतरनाक घटना घटे जसको कारण उनी चर्च जान बाध्य भएका थिए । उनको श्रीमतीको दुर्घटनामा मृत्यु भएपछि र घरमा आगलागी भएपछि पुटिन चर्च जान बाध्य भएका थिए ।

उनी आफ्नो देशमा हुने खेलकुदका गतिविधीलाई प्रचार गर्न पनि कुनै कसुर छोड्दैनन् । पुटिन घडिका पनि सौखिन हुन् । उनको सबभन्दा महंगो घडिको मूल्य पाँच लाख डलर अर्थात पाँच करोड रहेको छ । उनी घडि सधैं दाहिने हातमा मात्र लगाउने गर्छन् । उनी जंगली जनावरका पनि सौखिन हुन् ।

पुटिन संगितमा पनि उत्तिकै रुचि राख्ने गर्छन् । उनी पियानो बजाएर गीत पनि उत्तिकै राम्रो गाउँछन् । विभिन्न च्यारीटि सोमा पुटिनले यसरी गीत गाउँदै आएका छन् । रसियामा उनको अनुहार छापिएको कपडा पनि बेचिन्छन् भने उनका नामका खानाका परिकार पनि बेचिन्छन् ।

vladimir putin russian president

विशेष