News

सरकारले माग पूरा गर्ने बचन दिएपछि डा गोविन्द केसीले तोडे अनशन

सरकारले माग पूरा गर्ने बचन दिएपछि डा गोविन्द केसीले तोडे अनशन

सरकारले माग पूरा गर्ने बचन दिएपछि डा गोविन्द केसीले अनशन तोडेका छन् । 

डा केसीले १० वर्षीया बालिका रोजिना तामाङका हातबाथट मह मिसिएको पानी पिएर अनशन तोडेका हुन् । सम्झौतामा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनमा कुरा गरेका थिए । प्रधानमन्त्री देउवाले माग पूरा गर्ने बताएपछि हस्ताक्षर गर्न राजी भएका हुन् ।

प्रधानमन्त्री देउवाले उनीसँग चिकित्सा शिक्षा ऐन अध्यादेशबाट ल्याउने बताएका छन् । कार्तिक ६ गते बस्ने मन्त्रीपरिषद्ले उक्त निर्णय गर्ने बताएका हुन् ।यसैगरी सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनलको सम्बन्धनका विषयमा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने लगायकतका विषयमा पनि सहमति भएको छ । 

नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले आज प्रा डा गोविन्द केसीलाई भेटी उनले राखेका माग आजै सम्बोधन हुने बताएका थिए । 

केसीसँगको भेटमा उनले भने, “प्रधानमन्त्रीले अध्यादेश जारी गरी चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गर्दै हुनुहुन्छ । यसबारे विज्ञहरुसँग उहाँले छलफल गरी राय लिइरहुनभएको छ ।” 

डा केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ दिनदेखि चिकित्सा शिक्षा र सेवाको सुधारलगायतका माग राखी १३ औँ अनशनमा थिए । मन्त्री बोहराले डा केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई आजै माग सम्बोधन हुने विश्वास दिलाएका थिए । 

डा केसीले सरकारका तर्फबाट हरेक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिका कारण आफू ढुक्क हुन नसकेको गुनासो गरे । उनले भने, “धेरै पटक धोका भयो, अब कार्यान्वयन सुनिश्चित नहुन्जेल सम्झौता गर्दैनौँ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रा केदारभक्त माथेमा र डा केसीका वार्ता समिति सदस्य डा अभिषेकराज सिंहसँग वार्ता गरिरहेका छन् । 

यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गरी ऐन ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ । 

डा केसीले ६ गते मन्त्रीपरिषद्बाट चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत अगाडि नबढाए पुनः ६ गतेदेखि नै  अनशन बस्ने बताएका छन् । डा केसीले गत १९ गतेदेखि १३ औं अनशन सुरु गरेका थिए । १४ औं दिनमा उनको अनशन तोडिएको हो ।

aansan

विशेष